Wednesday, June 10News That Matters

टायर पन्चर हुँदा कार दुर्घटनामा परी एक जनाको मृत्यु, तीन घाइते

पूर्णपुष्टि,चैत्र १८ । सप्तरीको हनुमाननगर कंकालिनीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर–१ कंकालिनी मन्दिर र कोशी ब्यारेजको बीचमा टायर पन्चर भएर अनियन्त्रित भई कार दुर्घटना भएको हो ।

दुर्घटनामा सुनसरी इनरुवा नगरपालिका–५ का ६५ वर्षीय लीलाबहादुर कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा अरू तीन जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका तीन जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।