Monday, April 20News That Matters

टिकटकमा भाईरल भएको सेल्फी रोडमा योन क्रियाकलाप, एक जोडी पक्राउ

पूर्णपुष्टि, असोज ३
पथरीको प्रख्यात सेल्फी रोडमा योन क्रियाकलाप गर्ने एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा उर्लाबारी स्थायी ठेगाना भएका आटो चालक वर्ष ४० का पुरुष रहेका छन् भने पथरी शनिश्चरे नगरपालिका स्थायी ठेगाना भएकी वर्ष ३२ की महिला रहेकी छिन् । पथरी शनिश्चरे नगरपालिका २ मा रहेको सेल्फी रोडबाट यौन क्रियाकलापमा लिप्त भइरहेको जोडीलाई प्रहरीले पक्राउ गरेको हो ।
गत भदौ ३० गते अपरान्ह साढे ४ बजेको समयमा रोड किनारमा यौन क्रियाकलापमा संलग्न भइरहेको एक अधबैसे जोडीलाई स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउना साथ इलाका प्रहरी कार्यालय पथरीको टोलीले अटो सहित सेल्फी रोडबाट उनिहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।
उर्लाबारी स्थित मंगलबारेबाट अटोमा चढेर पथरी शनिश्चरे घर हिडेकी ति महिला र अटो चालक सो स्थानमा पुगेपछि यौनक्रियाकलापमा संलग्न भएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका दुवैले महिलालाई घर पु¥याउने क्रममा सो क्षेत्रमा अवान्छित गतिविधीमा संलग्न पाइएको प्रहरीले जनाएको छ ।
उनिहरुलाई सार्वजनिक स्थलमा अश्लिल क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरी कार्वाही अगाडी बढाएको जनाएको छ ।