Saturday, June 13News That Matters

टिकटक बनाउने बहानामा मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ

पूर्णपुष्टि, भदौ २१ गते ।
टिकटक बनाउने बहानामा मोटरसाइकल चोरी गर्ने तीन जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगपालिका–१० बस्ने १८ वर्षीय निसान सापकोटा (मुख्य चोर), सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० कै ३२ वर्षीय रामचन्द्र रावल (ग्यारेज सञ्चालक) र सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका–४ टाकुरेका ३२ वर्षीय पुरस्कर काफ्ले (पाटपुर्जा खरिद कर्ता) रहेका छन् ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक कारबाहीको लागि प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।