Tuesday, April 21News That Matters

टिकाको दिन देशभर मौसम सफा रहने

पूणर्पुष्टि, कार्तिक ८

टिकाको दिन देशभर मौसस सफा रहने भएको छ । मौसमविदहरुका अनुसार यस बर्षको टिका सफा मौसममा रहने बताउँछन् । पूर्वी भागको आकाशमा अलिअलि बादल लाग्ने र विशेष गरी प्रदेश १ को पहाडी भूभागमा छिटफुट वर्षाको सम्भावना भए पनि त्यसले केही असर नपर्ने मौसमविदको पूर्वानुमान छ ।

‘प्रदेश १ को पहाडी भागका केही जिल्लामा पानी पर्दा पनि क्षणिक मात्रै, हल्कामात्रै हुने हुने मौसमविद  शान्ति कँडेलले बताईन् । तर त्यसले खास कुनै असर नगर्ने कँडेलले बताईन् । प्रदेश नं. १ सँग नजिक भएका प्रदेश नं. २ र बागमती प्रदेशका कुनै-कुनै ठाउँमा पनि बादल देखिने छ । तर पानी भने नपर्ने कँडेल बताउँछिन् । उनका अनुसार पश्चिम नेपालको आकाश भने पूरै छ्याङ्ग हुने छ ।

यो वर्ष विजया दशमीको टीका लगाउने उत्तम साइत कात्तिक १० गते बिहान १० बजेर १९ मिनेटको लागि जुरेको नेपाल पञ्चांग निणर्ायक समितिले जनाएको छ ।