टिपरको ठक्करले एकै परिवारको ३ जनाको मृत्यु, बालक घाईते

पूर्णपुष्टि, पुष २
सिरहामा टिपरले ठक्कर दिदाँ मोटरसाइकलमा सबार एकै परिवारको तिन जनाको मृत्य भएको छ, भने एक बालक घाईते भएका छन् । ठक्करबाट सप्तरीको बलान बिहुल गाउँपालिका– २ दिघिया गाउँका ६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादवको मृत्यु भएको छ ।

सिरहाको लहान–३ स्थित लहान–ठाडी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स.१ क २६२ नम्बरको टिपरले प्रदेश २–०१–००२प २६८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।बिहीबार दिउँसो मोटरसाईकलमा चार जना सबार भएर घरतर्फ आउने क्रममा दुर्घटना हुदाँ तिन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डा. तपन दाहालले बताउनुभयो । मृत्यु भएका तीनै जनाको शव पोष्टमार्टमका लागि लहानमै राखिएको प्रहरिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: