Wednesday, May 21News That Matters

टि–२० विश्वकप एसिया छनोटको सेमिफाईनलमा नेपालले युएईसँग खेल्ने

पूर्णपुष्टि, कार्तिक १६ । आइसिसी टि २० विश्वकप एसिया छनोटको सेमिफाईनलमा नेपालले युएईसँग खेल्ने भएको छ । नेपाल ओमानसँग पराजित हुँदै उपविजेता बनेपछि समुह बि को बिजेता युएईसँग प्रतिष्पर्धा गर्ने भएको हो ।

बिहिबार युएईले हङकङलाई हराउँदै समुह बी को बिजेता बनेको हो । अब नेपालले सेमिफाईनलमा समुह ‘बी’ को विजेता युएईसगँ भोली शुक्रबार बिहान ११ बजे मुलपानी मैदानमा खेल्नेछ । ओमानले समूह ‘बी’ को उपविजेतासँग सेमिफाइनल खेल्नेछ।

सेमिफाईनल जित्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी–२० विश्वकपमा स्थान सुरक्षित गर्नेछन् । सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको नेपाललाई १० वर्षपछि टी–२० विश्वकप खेल्ने अवसर छ।

समुह विजेताका लागी आज भएको खेलमा ओमानसँग पराजित हुदैँ नेपाल समुह उपविजेता बनेको हो । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान भएको प्रतिष्पर्धात्मक खेलमा ओमानसँग ५ रनले पराजित हुदैँ नेपाल उपविजेता बनेको हो । समुह विजेता बन्न ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र जोडेको हो ।

नेपालका लागी विवेक यादवले ३९ रनको योगदान गरे । उनले २४ बलमा ५ छक्का प्रहार गरे । ओपानर कुशल भुर्तेलले २६ रन बनाए । १८ बल खेलेका भुर्तेलले ३ छक्का र १ चौका प्रहार गरे । कुशल मल्लले १६ रन बनाए भने कप्तान रोहित पौडेल, सोमपाल कामी र सन्दिप जोहराले समान १२–१२ रन बनाए । करण केसीले १५ रन बनाए ।

यस अघि टस हार्दै ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो । ओमानका लागी कप्तान जीशन मक्सुदले ३२ रन बनाए । नीशन खुसीले २५ रन, आयान खानले १८ रन, ओपनर कश्यप प्रजापतिले ८ रन बनाए भने सकिल अहमद २२ रनमा नटआउट रहे । नेपालका लागी करण केसीले ३ विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीले २–२ विकेट लिए भने गुल्सन झा र अभिनास बोहराले १–१ विकेट लिन सफल भए । समूह ‘ए’ मा नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेका छन्।