Saturday, April 26News That Matters

टेबुलटेनिसको टिमतर्फ सुनसरी प्रथम, अन्य इभेन्ट्सका खेल जारी

पूर्णपुष्टि/उदयपुर, बैसाख १० गते

-सोमबारदेखि उदयपुरमा सञ्चालन भएको पूर्बाञ्चल क्षेत्रीय टेबुलटेनिस प्रतियोगितामा मेन्स टिम इभेन्ट्सतर्फ सुनसरी जिल्लाले प्रथम स्थान हाँसिल गरेको छ । पहिलो दिनको सो खेलमा मोरङले दोस्रो स्थान हाँसिल गरेका छ भने तेस्रो स्थानमा झापा र तेह्रथुम सफल भएका छन् ।

त्यस्तै महिला टिम इभेन्ट्सतर्फ मोरङ र सुनसरी फाईनल राउण्डमा छन् भने तेस्रो स्थानमा झापा र इलाम परेका छन् ।

पूर्बाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा जिल्ला खेलकुदको संयोजनमा सञ्चालित प्रतियोगिता तीनदिनसम्म सञ्चालन हुने छ । मंगलबार विहान महिला टिम इभेन्ट्सतर्फको फाईनल खेलपछि पुरुष डबल्स, महिला सिंगल र पुरुष सिंगल इभेन्ट्स खेल प्रतिष्पर्धा हुने टेबलटेनिस कोच शिव श्रेष्ठले जानकारी दिनुभयो ।

बोक्सेस्थित व्याड्मिन्टन कवर्डहलमा सौहाद्रपूर्ण र भव्यरुपले सञ्चालन भईरहेको प्रतियोगितामा पूर्वाञ्चलका विभिन्न १० जिल्लाका करिब ९० जना खेलडीले भाग लिएको बताइएको छ ।