Monday, June 29News That Matters

टेलिकमको सर्भर ह्याक गर्ने सरकारी कर्मचारी पक्राउ

पूर्णपुष्टि, साउन १

नेपाल टेलिकमको मोबाईल एपको सर्भर ह्याक गर्ने एक जना पक्रउ परेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले टेलिकमको सर्भर ह्याक गर्ने दिवाकर देउजालाई धनकुटाबाट पक्राउ गरेको हो ।

सर्भर सिस्टमभित्र गैरकानूनी रुपमा पहुँच स्थापना गरी नेपाल टेलिकमको प्याकेज प्रयोग तथा बिक्रीसमेत गरी आफूले आर्थिक लाभसमेत लिई नेपाल टेलिकमलाई हानी नोक्सानी पुर्याई कम्पनीको राजस्व तथा व्यावसायिक छविमा समेत गम्भीर क्षति पुर्याएको भन्दै अनुसन्धानको लागि नेपाल टेलिकमले अनुरोध गरेसँगै प्रहरीले देउजालाई पक्राउ गरेको जनाएको छ ।

ह्याकरले अन्ट्रासिवल प्रविधिको प्रयोग गरी अनधिकृत रुपमा नेपाल टेलिकमको सर्भर प्रणाली पटक पटक–चालएको देखिएको छ ।

धनकुटा, पाख्रिबास नगरपालिका–५ स्थायी घर भई हाल धनकुटा नगरपालिका–४ बस्ने, सहरी विकास तथा भवन कार्यालय, धनकुटामा कम्प्यूटर अपरेटर पदमा कार्यरत २८ वर्षीय देउजालाई गत असार ३१ गते धनकुटाबाट पक्राउ गरेको जनाईएको छ ।

पक्राउ परेका देउजालाई विद्युतीय कारोबार ऐन २०६३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनको लागि बिहीबार नेपाल प्रहरी साइबर ब्यूरो, काठमाडौँ पठाइएको सीआइबीले जनाएको छ ।