Thursday, June 11News That Matters

ट्याक्टरको ट्रली पल्टेर एकको मृत्यु

पूर्णपुष्टि,फागुन १७

मोरङमा ट्याक्टरको ट्रलीले किची एक जनाको मृत्यु भएको छ । रतुवामाई स्थितमा बस्ने ५१ बर्षीय गौरिमान खड्काको ट्याक्टरको ट्रलीले किची मृत्यु भएको हो ।

आज दिउसो साढे १ बजे उर्लाबारी –१ टपुखोलामा प्रदेश १–०४–०१ त १२० नम्बरको ट्याक्टरमा गिटी लोड गर्ने क्रममा गौरिमानलाई ट्याक्टरको पछाडीको ट्रली पल्टेर किच्दा उनको घटनास्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारी मोरङले जनाएको छ ।