
पूर्णपुष्टि,फागुन १७
आज बिहान साढे ५ बजेको समयमा उदयपुरमा ६ बोरा सुर्ति बरामत भएको छ । त्रियुगा नगरपालिका–६ लालपत्ता स्थितमा काठमाण्डौबाट गाईघाट तर्फ आउदै गरेको बसलाई प्रहरी चौकी लालपत्ताबाट खटिएको बिशेष प्रहरी टोलीले चेक जाँच गर्दा अबैध सुर्ति बरामत भएको हो ।
बा ४ ख ८६४३ नम्बरको बसमा ६ बोरा सुर्ति फेला पारी नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी कर दाता सेवा कार्यालय उदयपुर,गाईघाट पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भिमहादुर दाहालले बताउनुभयो ।

