Thursday, June 11News That Matters

राष्ट्रपतिले गरीन फागुन २३ गते संसद बैठकको आह्वान

पूर्णपुष्टि, फागुन १७

राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी छन्। विज्ञप्तिमा फागुन २३ गते दिउँसो ४ बजे संसद बैठक बस्ने उल्लेख गरिएको छ । सरकारले प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संसद बैठक आह्वानका लागि सिफारिस गरेको थियो। संसद अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल थालिने बताइएको छ ।