Saturday, May 30News That Matters

ट्याक्टरको ठक्कटरबाट वृद्धाको मृत्यु

पूर्णपुष्टि, कार्तिक ९

सुनसरी रामधुनी नगरपालिका ६ बकलौरी भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ७० बर्षीया नेहरी सदा रहेकी छन् ।
हिजो दिउसो २ बजे प्रदेश नं १–०२–००३ त ०६३० नम्बरको ट्याकटरले सामान अनलोड गरी ब्याक गर्ने क्रममा पछाडीको डालाले लागी गम्भिर घाईते भएकी सदाको ईटहरी एपेक्स अस्पतालमा उपचार गराई थप उपचारको लागी धरान घोपा पुर्याउन साथ मृत्यु भएको थियो । ट्याक्टर र चालक सोही स्थानका ३२ बर्षीय आशिष बि.क. लाई नियनत्रणमा लिई थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।