Saturday, April 26News That Matters

ट्याक्टरचालक मृत भेटिए, हत्याको आशंका

पूर्णपुष्टि, कात्तिक ९ गते ।

गाईघाट–उदयपुरमा विहिबार विहान एकजना ट्याक्टर चालक मृत अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टका अनुसार उदयपुरगडी गाउँपालिका ७ र रौतामाई गाउँपालिका ९ को सिमानामा पर्ने चिहानेखोला नजिकै त्रियुगा नगरपालिका ६ जलजलेका अन्दाजी ३० बर्षिय शिवकुमार सदा मृतअवस्थामा फेला परेको हो ।

स १ त ५९६० नम्बरको ट्याक्टरका चालक ट्याक्टरकै छेउमा मृतअवस्थामा भेटिएको र ट्याक्टरको साईड लाईटसमेत बलिरहेको भेटिएको घटनास्थल नै पुगेका एसपी भट्टले बताए ।
ट्याक्टर दुर्घटनाकै कारण उनको मृत्यु भएको जस्तो देखिएपनि घटनालाई प्रहरीले हत्याको आशंका गरेको छ ।

घटनास्थलको प्रकृति मुचुल्का उठाएको प्रहरीले गहिरो अनुसन्धान थालेको जनाएको छ ।