
मोरङ, माघ १६ गते ।
मोरङको कटहरीमा ट्याकटरबाट लडेर एक जनाको मृत्यु भएको छ । कटहरी गाउँपालिका–७ होडियारीमा पूर्वबातट पश्चिम तर्फ जाँदै गरेको को १ त २५८९ नम्बरको ट्याक्तटरबाट बुधवार राती साँढे ८ बजे लडर अडताल मोडियारीको मृत्यु भएको हो ।
ट्याक्टरबाट लडेर घाईते भएको स्थानीय २२ वर्षीय मोडियारीलाई उपचारको लागी कोशी अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
