Sunday, June 7News That Matters

ट्याक्टरलाई प्रष्ट नम्बर प्लेट र स्टिकर राख्न लगाईयो

पूर्णपुष्टि, पुस ६ ।

उदयपुरमा दुर्घटना न्यूनिकरण तथा दुर्घटनामा कारवाही प्रभावकारी होस् भन्ने हेतुले ट्याक्टरहरुमा स्टिकर टाँस्ने र नम्बर प्लेट प्रष्ट राख्नु पर्ने व्यवस्थालाई कडाई गरिएको छ ।

जिल्ला ट्राफिक कार्यालय उदयपुरले ट्याक्टरहरुलाई अनिवार्यरुपमा राती टल्किने स्टिकर टाँस्न र प्रष्ट देखिने गरी नम्बर प्लेट राख्न कडाई गरेको हो ।

अधिकांश ट्याक्टरहरुमा नम्बर प्लेट मधुरो हुनेमात्र नभई अक्षर र अंक नदेखिने हुँदा दुर्घटना तथा ट्राफिक नियम उलंघनमा अनुसन्धानमा बढि समय लाग्ने कुरालाई मध्येनजर गर्दै यस्तो व्यवस्था गरिएको हो । ट्याक्टरको अगाडी र पछाडि प्रष्ट नम्बर प्लेट राख्नुपर्ने र पछाडिको भागमा टल्किने स्टिकर राख्नुपर्ने व्यवस्था छ । राती अध्यारोमा स्टिकर टल्किए पछि अन्य सवारी साधनलाई संकेत मिल्ने भएकाले दुर्घटनामा कमी हुने विश्वास छ ।

सबै ट्याक्टर धनीहरुलाई सूचित गरी यस्तो गर्न लगाएको र नगरेकालाई सडकबाटै नियन्त्रणमा लिई तत्काल गर्न लगाउने गरिएको जनाइएको छ । आइतबार गाईघाट बजारमा करिब एकदर्जन ट्याक्टरलाई नम्बर प्लेट र स्टिकर राख्न लगाईएको थियो ।