ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु

पूर्णपुष्टि, मंसिर २९
ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको मिक्वाखोला गाँपालिका–४ लप्सीबाटेमा दुर्घटना हुँदा बर्दिया राजपुर नगरपालिका–६ का २६ वर्षीय राजु राजवंशीको ज्यान गएको हो ।
आज बिहान साढे १० बजे मे १ त ७५०३ नम्बरको बालुवा र डिजेल बोकेको ट्याक्टर आमबोटे भिरबाट ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ट्याक्टर दुर्घटनामा परी राजवंशीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय दोभानबाट थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: