
सुनसरी,माघ १६ गते ।
सुनसरीको बराहक्षेत्रमा ट्याक्टर दुर्घटना हुदा २१ जना घाईते भएका छन् । बराहक्षेत्रको भित्रि सडकखण्डको रानीखोला पुलमा ट्याक्टर दुर्घटना हुदा २१ जना घाईते भएका हुन् ।
धरानबाट बराहक्षेत्र पुजा गर्न जादै गरेको को२ त ८४८६ नम्बरको ट्याक्टर बिहान साढे ८ बजे अनियन्त्रित भई पुलबाट अन्दाजी २५ मिटर तल खसेर दुर्घटना हुदा ट्याक्टरमा रहेका २१ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घाईते भएका सबैको घोपा धरानमा उपचार भईरहेको छ भने ट्याक्टर चालक ईलाका प्रहरी कार्यालय चतराको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
