
ईलाम, असार २६
ईलाममा ट्याक्टर दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । माई नगरपालिका–१ पालटारमा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु भएको हो ।
खेत जोतेर फर्कदै गरेको मे १ त ७४४० नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई हिजो दिउँसो साँढे २ बजे सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईते भएका ट्याक्टर चालक माई नगरपालिका–१ का २१ बर्षीय सुजन बिश्वकर्मा र ट्याक्टरमा सवार रहेका ११ बर्षीय बालक नितेश गिरीलाई उपचारको लागी झापा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
सोही ट्याक्टरमा सवार रहेका अर्का घाईते १९ बर्षीय समिर बिश्वकर्माको झापाको बि.एण्ड. सी. अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
