Tuesday, June 30News That Matters

नेकपा स्थायी कमिटी बैठक १ हप्ताका लागी स्थगित

पूर्णपुष्टि, असार २६

नेकपाको स्थायी कमिटी बैठक एक हप्ताका लागि स्थगित भएको छ । आज बस्ने भनिएको बैठक फेरि स्थगित भएको हो ।

देशभर भैरहेको वर्षाबाट जनधनको क्षति रोक्न पार्टी पंक्तिलाई उद्धार तथा राहतमा लाग्न निर्देशन सहित ७ दिनका लागि बैठक स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

गत असार ११ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएपछि नेकपाभित्र विवाद बढेको छ । यही विवादको कारण स्थायी कमिटी बैठक प्रभावित हुँदै आएको छ ।

पछिल्ला केही दिनदेखि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एकल वार्ता र सहमतिको प्रयास भैरहेको छ । तर सहमति भने भैसकेको छैन । छलफल सकारात्मक बन्दै गएको नेताहरुले बताएका छन् ।