Monday, June 29News That Matters

रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

पूर्णपुष्टि, असार २६

अविरल वर्षापछि आएको पहिरोले रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ । स्याफ्रु–रसुवागढी सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

स्याफ्रु–रसुवागढी सडक खण्डको कुलुङ र तातोपानीडाँडा क्षेत्रमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । अहिले पनि वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा पहिरो झरिरहेकाले मान्छे हिँडडुल गर्न रोक लगाइएको छ ।