
पूर्णपुष्टि, कार्तिक ३०
मोरङमा ट्याक्टर पल्टदा दुई जनाको ज्यान गएको छ । जिल्लाको बेलबारी नगरपालिका–५ कसेनि स्थितमा ट्याक्टर पल्टदा सवार दुई जना सहचालकको ज्यान गएको हो । ज्यान गुमाउनेमा रंगेली नगरपालिका–१ का २२ वर्षीय बिजय हेमरन र १५ बर्षीय अबिनाश मनण्डी रहेका छन् ।
हिजो बेलुका ८ बजे को २ त.८६८८ नम्बरको ट्याक्टरले ईन्द्र दर्जीको खेत जोती बाटोमा निस्कने क्रममा उक्त ट्याक्टर पल्टिदा घाईते भएका दुवै जनाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा राती साढे १० बजे ज्यान गएको थियो । ट्याक्टर र चालक रंगेली नगरपालिका १ का २७ वर्षीय आईति सतार टुडु ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।
