सुसाइड नोट लेखेर युवकले गरे आत्महत्या : नोटमा लेखिएको थियो “मेरो मृत्युको कारण ससुराली”

पूर्णपुष्टि, कार्तिक ३०
धनुषामा एक युवकले आत्महत्या गरेका छन् । जिल्लाको मिथिला नगरपालिका–२ बस्ते २६ वर्षीय रामचन्द्र महतोले सोमबार राति आत्महत्या गरेका हुन् । उनले सोही नगरपालिका–५ श्रीपुरमा रहेको ससुराली घरमा पासो लगाएर आत्महत्या गरेका थिए ।
झुण्डिएको बेला अचेत फेला परेका रामचन्द्रलाई उपचारका लागि जनकपुरस्थित अस्पतालमा ल्याउने क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृतक महतोको खल्तीमा सुसाइड नोटसमेत फेला परेको प्रहरीले जनाएको छ ।
सुसाइड नोटमा उनले ससुरालीमाथि आरोप लगाउँदै लेखेका छन्, ‘ससुरालीका सबै परिवारजन मिलेर सोमबार निर्घात कुटपिट गरेकाले मेरो मृत्यु भए त्यसको सम्पूर्ण जिम्मेबार ससुरालीका सबै सदस्य हुने छन् ।’
घटना सम्बन्धमा थप अनुसन्धान अगाडी बढाएको धनुषाका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0