Sunday, June 28News That Matters

ट्रकको ठक्करबाट पिकअप चालकको मृत्यु

पूर्णपुष्टि, पुष १४

झापाको शिवसताक्षी नगरपालिका–१० मा आज बिहान राती १ बजे भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । केरावारी गाऊँपालिका–८ मोरङका ४६ बर्षीय पिकअपका चालक भोजराज आचार्यको मृत्यु भएको हो ।

पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले शौचालय गएर फर्कदै गरेका को २ च १५८२ नम्बरको पिकअपका चालक, आचार्यलाई  ठक्कर दिंदा उनी गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । घाईते भएका आचार्यको बिर्तामोडको बि.एण्ड.सी. अस्पतालमा उपचारको क्रममा आज बिहान पौने १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।