Monday, July 6News That Matters

जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

पूर्णपुष्टि, पुष १४

सुनसरीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका–४ का १९ बर्षीय मोती कामतको हात्तीको आक्रमणबाट सोमवार मृत्यु भएको हो ।

हिजो राती साँढे ८ बजेको समयमा जुद्धगञ्जमा रहेको मासु पसलबाट मासू किनेर फर्कदै गरेका कामतलाई जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।