
पूर्णपुष्टि,पुष १४
मोरङमा जीपको ठक्करबाट २ जनाको मृत्यु भएको छ । पथरीशनिश्चरे नगरपालिका–२ स्थित हरियाली सामुदायिक वन अगाडि जीपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक मोरङको मिक्लाजुङ गाउँपालिका–४ का ३५ वर्षीय सन्तोष लिम्बू र पछाडि सवार २२ वर्षीय सुनिल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिमतर्फ आउँदै गरेको को १ च ९९४५ नम्बरको स्कारपियोले विपरीत दिशातर्फ जाँदै गरेको मे ११ प ८२८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुुसार दुर्घटनामा परेर चालक लिम्बूको घटनास्थलमै मृत्यु भएको थियो भने पछाडी सवार विक भने गम्भिर घाइते भएका थिए । गम्भिर घाईते भएका विकको उपचारको क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
