ट्रकको ठक्करबाट भारतिय महिलाको मृत्यु

पूर्णपुष्टि, असार ९

सुनसरीको दुहबी–३ स्थित ईनरुवा दुहबी सडक खण्डमा टिपरको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार सिपोल घर भई दुहबी–२ मा डेरा गरी बस्दै आएकी ६० बर्षीया चन्द्रकला देबी बिश्वकर्मा रहेकी छिन् ।

आज बिहान ९ बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश २–०३–००१ ख २१०१ नम्बरको ट्रिपरले साईकल यात्री बिश्वकर्मालाई ठक्कर दिंदा घटनास्थलमा नै मृत्यु भएको थियो ।

घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली खटीगई ट्रिपर चालक मोरङ बेलबारी ८ का ३२ बर्षीय उमेश सार्कीलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: