Tuesday, June 2News That Matters

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गयो

पूर्णपुष्टि,वैशाख ५

मोरङ बुढिगंगा गाउँपालिका–४ नेमुवा चौक स्थित कोशीराजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गएको छ । मोटरसाईकल चालक बिराटनगर–१४  जतुवा का ४५ वर्षीय अन्जनि सिंहको ज्यान गएको हो ।

आज बिहान सभा १० बजे उत्तर जादै गरेको  ना ६ ख ३०४० नम्बरको ट्रकले को ९ प २६८१ नम्बरको मोटरसाईकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा मोटरसाईकल चालक सिंह गम्भिर घाईते भएका थिए । घाईते सिंहको बिराट मेडिकल कलेज गंगाचौकमा उपचारको क्रममा बिहान पौने ११ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ट्रक र चालक बारा निजगड कोल्बी नगरपालिका–२ का ३२ बर्षीय भिम बहादुर बिक प्रहरीको नियन्त्रणमा रहेको छ ।