
पूर्णपुष्टि,वैशाख ८
झापा मेचिनगर नगरपालिका–१३ चारआली चौक स्थित पुर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गएको छ । मोटरसाईकल चालक मोरङ पथ्रिशनिश्चरे नगरपालिका–९ का २१ वर्षीय प्रवेश बयलकोटीको ज्यान गएको हो ।
हिजो बेलुका साढे ७ बजे पश्चिमतर्फ जाँदै गरेको को २८ प ८८९१ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउदै गरेको मे १ ख ८११ नम्बरको ट्रकले ठक्कर दिई दुर्घट्ना भएको थियो । सो दुर्घटनाबाट मोटरसाईकल चालक बयलकोटी घाईते भई उपचारको लागि विएन्डसी अस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु भएको थियो । सोही मोटरसाईकल पछाडी सवार सोही स्थान बस्ने २२ वर्षीय सागर लिम्बु समेत सामान्य घाईते भई मनकामना अस्पताल चारआलीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्रक र चालक झापा अर्जुनधारा–२ का ५६ वर्षीय सुमन दनुवार प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
