Thursday, May 21News That Matters

ट्रकको ठक्करबाट १ महिलाको मृत्यु

संखुवासभा,माघ १६ गते ।

संखुवासभाको चैनपुरमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । चैनपुर नगरपालिका–२ मयुम निबासी ६० वर्षीया बाटुली सिमखडाको मृत्यु भएको हो ।

चैनपुरको भित्र कच्ची बाटोमा नुनढाकीबाट ईटहरी तर्फ आउदै गरेको को १ ख ४२८२ नम्बरको ट्रक बाटोको बाँया साईडमा धस्रीएर बिहान पौने १० बजे पैदल यात्री सिमखडालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट घाईते भएकी सिमखडालाई उपचारको लागि को २ ह ५४१४ नम्बरको अटोमा लैजाने क्रममा करिब एक सय मिटर पर पुगेपछि अटो अनियन्त्रीत भई दुर्घटना हुदा भएको प्रहरले जनाएको छ । अटो दुर्घटना भएपछि सिमखडालाई  इस्ट्रेचरमा राखेर उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

ट्रक चालक सुनसरी धरान–१७ निबासी डम्बर बि.क. र अटोे चालक संखुवासभा चैनपुर मयुम निबासी गोबिन्द प्रसाद कोइराला ईलाका प्रहरी कार्यालय चैनपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।