
पूर्णपुष्टि, फागुन ११
सुनसरीको कोशी गाउँपालिका–८ भण्टावारी स्थित पूर्व पश्चिम राजमार्गमा ट्रकको ठक्कबाट साईकल यात्रीको ज्यान गएको छ । कोशी गाउँपालिका–८ का ६० वर्षीय भरत सहनीको ट्रकले ठक्कर दिँदा ज्यान गएको हो ।
हिजो बेलुकी पौने ५ बजे प्रदेश २–०३–००१ नम्बरको ट्रकको ठक्करबाट घाईते भएका साईकल यात्री सहनीको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा ज्यान गएको थियो । ठक्कर दिने ट्रक र चालक सर्लाही लालबंदीका ५४ वर्षीय लासाङ दोर्जे जिम्वालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
