
पूर्णपुष्टि, चैत ३०
भोजपुरको रामप्रसादराई गाउँपालिका–५ स्थित भोजपुर–मानेभन्ञ्याङ सडक खण्डमा ट्रयाक्टर दुर्घटनाहुदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहिँ गाउँपालिका – ७ का २० बर्षीयजेबि राई रहेका छन् ।
हिजो राती १० बजे भोजपुरबाट ईटा बोकी बासीखोरा तर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त २२४९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट २०० मिटर तल झरी दुर्घटना हुदा राई गम्भिर घाईते भएका थिए । घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल भोजपुर पठाईएकोमा डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
