
पूणर्पुष्टि, भदौ २
गत आर्थीक वर्ष २०७६/०७७ मा ट्राफिक प्रहरी कार्यालय उदयपुर गाईघाटले १ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । कार्यलयले गत श्रावन देखि असार सम्म १ करोड ९४ हजार राजश्व संकलन गरेको हो । लापर्वाही तरिकाले सवारी चलाउने साना तथा ठूला सवारी साधन कारबाहीबाट गत आवमा १ करोड ९४ हजार राजस्व संकलन गरेको जिल्ला ट्राफिक कार्यलय उदयपुरका इन्चार्ज होम प्रसाद खनालले बताउनुभयो ।
गत बर्ष ट्रक, बस, जिप, कार, भेन, ट्याक्टर, मोटरसाईकल, सिटी आटो लगायत १५ हजार ७ सय ५० वटा सवारी साधन कारबाहीमा परेका थिए ।
सबै भन्दा बढी लाईसेन्स नभएका, लापर्वाही सवारी चलाउने र मापासे गर्नेहरु कार्वाहीमा परेको खनालले बताउनुभयो । बाँकि अन्य हिसावले पनि सवारीहरु कार्वाहीमा परेको उहाँले बताउनुभयो ।
करिब ५ महिना लकडाउन भएको अवस्थामा पनि आर्थिक बर्ष २०७५/०७६ भन्दा बढी राजश्व संकलन भएको ट्राफिक इन्चार्ज खनालले बताउनुभयो । आर्थिक बर्ष २०७५/०७६ मा ९४ लाख ३३ हजार ५ सय मात्र राजश्व संकलन भएको बताउदै पहिलेको भन्दा बढी राजश्व संकलन गर्न सफल भएको खनालले भनाइ छ ।
माघ महिनामा सबै भन्दा बढी २ हजार ५० ओटा साना तथा ठुला सवारी कार्वाहीमा परेको उहाँले बताउनुभयो । सो कार्वाही वापत १३ लाख ७० हजार रुपयाँ राजश्व संकलन भएको छ ।
साउन महिनामा साना तथा ठूला १ हजार १ सय ५० वटा सवारी साधन कारबाहीबाट ७ लाख ३० हजार राजस्व संकलन भएको थियो । त्यस्तै भदौमा १ हजार ५ सय वटा सवारी साधन कारबाहीबाट ९ लाख ३१ हजार रुपैयाँ, असोजमा १ हजार ३ सय ४० वटा सवारी सधान कारबाहीबाट ८ लाख ५७ हजार, कात्तिकमा १ हजार ४ सय सवारी सधान कारबाहीबाट ९ लाख २ हजार ५ सय, मंसिरमा १ हजार ७ सय ८० वटा सवारी साधन कारबाहीबाट १० लाख ८४ हजार ५ सय, पुसमा १ हजार ९ सय ५० वटा सवारी साधन कारबाहीबाट १३ लाख २४ हजार, माघमा २ हजार ५० वटा सवारी कारबाहीबाट १३ लाख ७० हजार रुपैयाँ,े फागुनमा २ हजार वटा सवारी साधन कारबाहीमा १३ लाख ३२ हजार ५ सय, चैत्रमा ६ सय ५० वटा सवारी साधन कारबाहीमा ४ लाख १५ हजार ५ सय, बैशाखमा ५० वटा सवारी साधन कारबाहीबाट ३३ हजार ५ सय, जेठमा ३ सय ५० वटा सवारी साधन कारबाहीमा २ लाख ९ हजार र असारमा १ हजार ५ सय ५० वटा सवारी बाट ९ लाख ४ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यलय उदयपुरको तथ्याङ्कले देखाएको छ ।
गत बर्ष ३ हजार ८ सय १ ट्रक, ७ सय ७६ बस, २ हजार ९ सय ३७ कार, जिप, भेन, १ हजार ४ सय ३६ ट्याक्टर, ५ हजार १ सय २० मोटर साईकल, सिटि रिक्सा र अन्य १ हजार ६ सय गरी १५ हजार ७ सय ५० ओटा सवारी ट्राफिक कार्वाहीमा परेको तथ्याङकले देखाएको छ ।
ट्रक बाट २४ लाख ६८ हजार ५ सय, बस बाट ५ लाख ६ हजार ५ सय, जिप, कार, भेन बाट १८ लाख ३० हजार, ट्याक्टर बाट ९ लाख २७ हजार ५ सय, मोटर साईकल बाट ३३ लाख ८३ हजार, सिटि, रिक्सा तथा अन्य बाट ९ लाख ७८ हजार ५ सय गरी १ करोड ९४ हजार राजश्व संकलन भएको ट्राफिक इन्चार्जल खनालले बताउनु भएको छ ।
