Sunday, March 16News That Matters

ट्राफिक कार्यालय उदयपुरले १ करोड ८० लाख ९ हजार ७ सय ५० रुपैया राजश्व संकलन ग¥यो

पूर्णपुष्टि, असार ७ । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले चालु आर्थिक बर्ष २०८०÷२०८१ मा एक करोड ८० लाख नौ हजार ७ सय ५० रुपैया राजश्व संकलन गरेको छ ।

गत आर्थिक वर्ष भन्दा २८ लाख बढी राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख बरिष्ठ प्रहरी नायव निरिक्षक लोक बहादुर दियालीले जानकारी दिए । कार्यालयले गत आर्थिक बर्ष २०७९÷२०८० मा १ करोड ५२ लाख १७ हजार राजस्व सङ्कलन गरेको थियो । गत बर्षभन्दा चालु बर्षमा बढी सवारी कारवाहीमा परेको प्रमुख दियालीलले बताए । उहाँका अनुसार गत बर्ष २३ हजार ६ सय ५० वटा सवारीलाई कारवाही गरिएको थियो भने यसवर्ष २६ हजार चार सय ५० सवारीलाई कारवाहि गरिएको छ ।

ट्राफिक प्रहरी उदयपुरको सक्रियता बढे संगै गत बर्षको तुलनामा यस बर्ष सडक दुर्घटनामा पनि कमी आएको छ । गत बर्ष ३५७ वटा सवारी दुर्घटना भएको थियो भने यस वर्ष २४० वटा सवारी दुर्घटना भएको छ । दुर्घटनामा परी गत बर्ष ४४ जनाको मृत्यु , १०२ जना गम्भीर घाइते र ४८३ जना सामान्य घाइते भएका थिए भने यस बर्ष ३४ को मृत्यु , ८१ गम्भीर घाइते र २६६ सामान्य घाइते भएको ट्राफिक कार्यालयले जनाएको छ।

राष्ट्रिय प्राथमिकताको मदन भन्डारी राजमार्ग निर्माण भएपछि यस रुटमा गुड्ने सवारीको चाप बढेको छ । तर, नियमित रुपमा, मापसे, लापसे, तीब्र गति लगाएतको चेकजाँच र सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको कारण दुर्घटना न्युनिकरण हुदैँ गएको ट्राफिक प्रमुख दियालीले बताए ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको नियमित कार्य जारी रहन्छ ‘प्रमुख दियालीले भने’ प्रहरी मात्रै नभइ आम सर्वसाधारण सवारी धनी, यातायात मजदुर, एवम् सरोकारवाला निकाय सबैको साथ सहयोगको आवश्यक पर्छ । पछिल्लो समयमा मापसे (मादक पदार्थ सेवन) र लापसे (लागू पदार्थ सेवन) गरेर सवारी चलाउने क्रम बढेको छ । त्यसलाइ न्यूनीकरण गर्न चेकजाँचलाई तीव्रता दिइने र तीब्र गतिमा सवारी चलाउनेलाई कारवाहिको दायरामा ल्याउन गति मापक राडर गनको प्रयोग गरिने समेत उहाँले जनाए ।