Wednesday, May 20News That Matters

ट्राफिक दाई (गजल)

तुलसा भट्टराई, उदयपुर

राम्रो काम ट्राफिक दाई ! सचेतना जगाउनु है !
अनावश्यक बज्ने ध्वनी सबैतिर हटाउनु है !

लाग शिक्षक पत्रकार सहयोगी बिगुल फुक्न
साथमा साथ काधमा हात सबैले लगाउनु है !
उच्छृङ्खल, मदिरा खाई साधन चलाउनेलाई
कडा गरी ट्राफिक दाई ! दुर्घटना भगाउनु है !
शिक्षित, सभ्य र बाध्यतामा परेकाहरूलाई नै
जथाभावी नरोकी सहयोगी हात बढाउनु है !

सपथ नै दायित्व हो हर्दम् जनताकै सुरक्षामा
खटी कार्य गर्दा पुरस्कार, धन्यवाद पाउनु है !

एक थुकी सुकी हजुर सयले थुकी नदी भन्छन्
ट्राफिक नियम मान्नलाई सबैले सघाउनु है !