
ताप्लेजुङ, चैत्र १७
ताप्लेजुङ पाथिभरामा ट्रिफर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । पाथिभरा याङबरक गाऊपालिका–४ डुम्रिसेमा थुम्बेदिन डुम्रिसे सडक खण्डमा ट्रिफर दुर्घटना हुदा एक जनाको मृत्यु भएको हो भने दुई जना घाईते भएका छन् ।
सोमबार राती करिब १० बजे प्रदेश ३–०१–०५ ख ९२७१ नम्बरको बालुवा लोड भएको ट्रिफर बाटो मोड्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना हुँदा ट्रिफर चालक सिन्धुली कमलमाई–४ बस्ने २४ बर्षीय यामकुमार बिक, सहचालक लमजुङ दोर्दि–६ किर्ती गाँउ बस्ने १८ बर्षीय कृष्ण बिक र ताप्लेजुङ पाथिभरा याङबरक–२ थेचम्बु बस्ने २० बर्षीय मन्दिप लिम्बु घाईते भएका थिए ।
घाईते भएका मध्ये कृष्ण बिकको उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा राती ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य २ जना घाईतेको वि एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
