
पूर्णपुष्टि, चैत १७
उदयपुरमा लागऔषधसहित एक जना पक्राउ परेको छ । बेलका नगरपालिका–८ कोठुबाट लागुऔषध गाँजासहित एक जना सोमबार पक्राउ परेको हो ।
ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटेका ट्राफिक प्रहरी सहितको संयुक्त चेकिङ टोलीले चेकजाँच गर्दा बा ४ १५१६ नम्बरको यात्रु बाहक पिकअपमा सवार बेनपा–७ बस्ने करिब २४ अनिस राईलाई ६ केजी २ सय ५० ग्राम गाँजासहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
गाँजासहति पक्राउ परेका राईमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
