
पूर्णपुष्टि, चैत १६
काठमाण्डौमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते भएका छन् ।
शङ्खरापुर नगरपालिका–१ मा होली खेल्ने क्रममा एसिड छ्याप्दा १६ वर्षीया किशोरी, ११ र ९ वर्षका बालक घाइते भएका महानगरीय प्रहरी परिसर, काठमाण्डौले जनाएको छ । उनीहरुको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
स्थानीय एक डेरीमा राखेको एसिड होली खेल्ने क्रममा पानी भनेर उनीहरुले प्रयोग गरेको पाइएको छ । एसिड छ्याप्ने १७ वर्षका पवन पहाडी र १८ वर्षका आकाश तामाङ तथा डेरी सञ्चालक केशव नेपाललाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
