Tuesday, March 25News That Matters

डिस्कोमा युवती विवादले गोली सम्म चल्यो राजधानीमा, यसरी भयो घट्ना

काठमाडौं । आज बिहान साढे ४ बजेको समयमा काठमाडौंमा फेरि गोली चलेको छ ।

गोरखा लाप्रक स्थायी घर भएका २३ बर्षीय कल्याण गुरुङ गोली लागेर घाइते भएका छन् । उनको दाइने खुट्टको घुडा मुनि पिडौलामा गोली लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान साढे ४ बजेको समयमा उक्त घटना भएको हो ।

महानगरीय प्रहरी परिषर, काठमाडौंका प्रमुख रबिन्द्र धानुकका अनुसार प्रहरीले घटनामा संलग्न मूख्य अभियुक्तसहित पाँच जनालाई पक्राउ गरेको छ ।

स्कुटरमा गइरहेको बेला एक समूहले बाटो छेकेर गोली प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको जनाईएको छ ।
ठमेलको एक डिस्कोमा ती युवक कल्याण गुरुङले एकजना केटीलाई जिस्काएका थिए ।
गुरुङ स्कुटर लिएर ठमेलबाट निस्किए, केटीका केटा साथीहरुले गाडिबाट स्कुटरलाई पिछा गरे, म्हैपी पुगेपछि स्कुटरलाई उक्त समुहले रोक्यो, स्कुटर रोकेर गुरुङलाई गोली प्रहार गरे ।
पक्राउ पर्नेहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
घाइते गुरुङको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था समान्य रहेको चिकित्सकले बताएका छन् ।