आइतवार, भदौ २३, २०८१
Sunday, September 8, 2024

डुबेर बेपत्ता युवाको शब निकाल्न सशस्त्र सफल (फोटो फिचर/भिडियोसहित)

पूर्णपुष्टि/उदयपुर, मंसीर २२ गते ।

बिहिबार पौडी खेल्न जाँदा डुबेर बेपत्ता भएका एक युवाको शब सशस्त्र प्रहरीले भोलीपल्ट निकालेको छ । उदयपुरको त्रियुगा नगरालिका ६ जलजलेका २२ बर्षिय डेविट राईको शब उदयपुर सिमेन्ट उद्योग नजिकैको रानीपोखरीको बीचभागमा दलदलमा गाडिएको अवस्थामा फेलापारी सशस्त्र प्रहरीको बिशेषटोलीले शुक्रबार निकालेको हो ।

दुई साथीहरु सागर खड्का र विनोद दनुवारसहित दिउसो करिब २ बजेको समयमा पौडी खेल्दा डुबेका युवालाई डुबेको खबर लगत्तै उद्धारको प्रयास गरिएपनि पोखरी फराकिलो र गहिरोका कारण स्थानीय असफल भएका थिए । खवर लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली शेनाको टोली पुगेर डुबेको स्थानमा खोजी गरेका थिए । जिल्लास्थित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायका प्रमुखहरुकै उपस्थितिमा खोजी भएको थियो । बत्ति बालेर रातीसमेत खोजी गरिएको थियो ।

तर फेला पार्न नसकिएपछि पूर्व क्षेत्रीय सशस्त्र प्रहरी प्रमुख जानकीराज भट्टराईको निर्देशनमा क्षेत्रीय विपद् व्यवस्थापन टिम अन्तर्गतको नौंजनाको गोताखोर टोली (डिप वाटर डाईभिङ स्पोट) सशस्त्र प्रहरी निरिक्षक धीरेन्द्र चन्दको कमाण्डमा खटिएको थियो । रातीसमेत खोजी गरेको उक्त टोलीले शुक्रबार विहान डेड÷दुई घण्टाको प्रयासपछि दलदलमा गाडिएको अवस्थामा शब फेला पारेको सशस्त्र प्रहरीको त्रियुगा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरिक्षक पुरनचन्द भट्टले बताउनुभयो । भट्टका अनुसार उद्धारका सम्पूर्ण सामग्री, जनशक्तिसहित आएको टोलीले शब पोखरी बाहिर निकालेर नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो ।

ठूलो प्रयासपछि युवाको शब निकाल्न सफल सशस्त्र प्रहरीको स्थानीयले प्रशंशा गरेका छन् । चुनावको चटारोकाबीच पनि सशस्त्रको विशेष उद्धारटोली खटिएको थियो ।

युवाको शबको पोष्टमार्टम गरी अन्तिम संस्कारका लागि परिवारलाई जिम्मा दिइने जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक देवीप्रसाद फागोले बताउनुभयो । मृतक युवासंगै पौडीन गएका दुई युवालाई प्रहरीले अनुसन्धानमा लगेको जनाएको छ ।

उदयपुर सिमेन्ट उद्योग जलजलेको परिषरमा रहेको उक्त पोखरी उद्योगले नै बनाएको हो । झण्डै एक विगाहा क्षेत्रफलमा फैलिएको पोखरी निकै गहिरो पनि छ । स्थानीयहरुका अनुसार पोखरीलाई घेराबेरा तथा सुरक्षित ढंगले निर्माण नगरिएकाले उक्त पोखरीमा योसहित सात जनाले ज्यान गुमाईसकेका छन् । अवका दिनमा पनि उद्योगले यस्तै लापरवाही भएमा सह्य नहुने स्थानीयले बताएका छन् । उद्योगले पोखरीलाई सुरक्षितरुपले घेराबेरा तथा सुरक्षाकर्मीको व्यवस्थासहित राख्नुपर्ने, कित, पोखरी भत्काउनुपर्ने पनि स्थानीयहरुको माग छ ।

फोटो फिचर

https://youtu.be/rsTqB93qoS8

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0