
पूर्णपुष्टि, जेष्ठ २३
कोरोनाको कारण लकडाउनको समयमा जुवाको खालबाट डेढ लाख बराबरको रकमसहित ६ जना युवाडे पक्राउ परेका छन् ।
दाङमा शनिबार बेलुका घोराडी उपमाहानगरपालिका–१५ मा रहेको एक होटेलमा जुवा खेलिरहेको विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट गएको टोलीले होटल सञ्चालकसहित ६ जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकृत एवम् प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
उनीहरुलाई नगद १ लाख ३९ हजार रुपैयाँ र एक गड्डी ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।
