
पूर्णपुष्टि, जेष्ठ २३
उदयपुरम आज (आइतबार) करेन्ट लागेर एक जनाको घटनास्थलमै ज्यान गएको छ । चौदण्डीगढी नगरपालिका वडा नं. ८ पिडिवासका ७१ वर्षीय भलमान विश्वर्कमाको करेन्ट लागेर घटनास्थमै ज्यान गएको हो ।
आज बिहान ६.४५ बजेको समयमा अचानक बिजुलीको काठे पोल ढल्दा पोलको तारबाट करेन्ट लागेर विश्वर्कमाको ज्यान गएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । मृतक विश्वर्कमाको सव पोष्टमार्टको लागी नगर अस्पताल बेल्टार पठाइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
