
पूर्णपुष्टि,जेष्ठ २३
सिराहामा औषधि व्यावसायीमाथि दुई गोली प्रहार भएको छ । गोली लागेर मिर्चैया नगरपालिका–४ का मेडिकल सञ्चालक करिब ४२ वर्षका सामसार साफी घाइते भएको हो ।
शनिबार बेलुकी अज्ञात समुहले साफीमाथि गोली चलाउँदा उनी घाइते भएका हुन् । साफीलाई दुई वटा गोली लागेको छ । बायाँ तीघ्रा र बायाँ हातमा गोली लागेको प्रहरीले जनाएको छ ।
साफीको मंगलम् अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरीका अनुसार घरायसी विषयमा गोली चलेको देखिन्छ । ‘घरायसी विषय देखिएकोले दुई जना आफन्त नियन्त्रणमा लिएर थप अनुसन्धान जारी छ,’ एसपी हीराबहादुर पाण्डेले भने, ‘घाइते साफीकै दाजुभाइ पर्नेलाई पक्रेर अनुसन्धान गरिएको छ ।’
