
पूर्णपुष्टि/उदयपुर, साउन १४
उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित ढिम्की मन्दिर नजिकको झोलुङ्गे पुलमुनि आज बिहान फेला परेको अपरिचित पुरुषको शवको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान करिब ९:४५ बजे फेला परेको शव रौतामाई गाउँपालिका–४ निवासी ३८ वर्षीय नरेश कुमार सुयालको रहेको पुष्टि भएको हो । मृतकको पहिचान उनकी आमा धन कुमारी सार्कीले गर्नुभएको प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
