
पूर्णपुष्टि, साउन २३
सरकारी र निजी कार्यालयमा हुँदै आएको भेला, सेमिनार, बैठक र अन्य जमघट तत्कालै बन्द गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ ।
कोरोना भाइरसको महामारी बढ्ने क्रम जारी रहेकाले भेला र बैठक नगर्न, गर्नै परे भर्चुअल बैठक गर्न मन्त्रालयले निर्देशन दिएको हो ।
पछिल्लो समय सुरक्षा निकाय, अस्पताल, बैंक, न्यायालय, अख्तियारलगायतका कार्यालयमा कोरोनाको सङ्क्रमण पुगेको र प्रदेश मन्त्रीमा समेत कोरोना पुष्टि भइसकेकाले भिडभाड नगर्न र अत्यन्तै सजक रहन मन्त्रालयले आग्रह गरेको छ ।
