
पूर्णपुष्टि, साउन २३
जिल्ला प्रशासन कार्यालय काठमाण्डौँले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ ।
आगामी साउन २५ गतेदेखि भदौको ८ गतेसम्म अत्यावश्यक बाहेकका अरु सबै सेवा बन्द गर्ने निर्णय भएको जिप्रकाले शुक्रबार विज्ञप्तिमार्फत जनाएको हो ।
नागरिकलाई सामाजिक दुरी कायम राख्न, स्यानिटाइजर प्रयोग गर्न, भिडभाड नगर्न अनुरोध गर्दा पनि अटेर गरेपछि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको जिप्रकाले जनाएको छ । अब नयाँ नागरिकता र प्रतिलिपि वितरण, संस्था दर्ता र नवीकरण, हातहतियार दर्ता र नवीकरण, राहदानी वितरणलगायतका सेवा बन्द भएका छन् ।

