Friday, July 17News That Matters

सरकारलाई आईसीयू र भेन्टिलेटर थप्न संघको आग्रह

पूर्णपुष्टि, साउन २३

नेपाल चिकित्सक सङ्घले सरकारलाई तत्काल आईसीयू र भेन्टिलेटर थप्न आग्रह गरेको छ । कोरोना भाइरस सङ्क्रमितमा गम्भीर लक्षण देखिने क्रम बढेको भन्दै भेन्टिलेटरसहितका आईसीयू बेडको सङ्ख्या बढाउन सरकारसँग संघले आग्रह गरेको हो ।

पछिल्लो समय थपिएका सङ्क्रमितमा गम्भीर लक्षण देखिएको हुँदा तत्कालै उपचार आवश्यक पर्ने देखिएकाले भेन्टिलेटरसहितका आईसीयू बेड, जनरल बेड, अक्सिजन र औषधीको मात्रा तत्कालै बढाउन सङ्घले विज्ञप्तिमार्फत आग्रह गरेको हो ।

सरकारी अस्पतालले धान्न नसक्ने भएकाले निजी अस्पताललाई पनि उपचारमा संलग्न गराउन माग गरेको छ । अत्यन्तै जोखिमपूर्ण अवस्थामा काममा खटिएका स्वास्थ्यकर्मी तथा चिकित्सकको जोखिम भत्तामा विभेद नगर्न पनि चिकित्सक सङ्घको माग छ ।

नेपालमा अहिलेसम्म ८० भन्दा धेरै स्वास्थ्य संस्थाका ५१ जना डाक्टर र १ सय ७० जना स्वास्थ्यकर्मी गरी र्२ सय २१ जनामा कोरोना पुष्टि भएको छ ।