तराईमा चिसो बढेसँगै कठ्याङ्ग्रिएर बेहोस भइन् एक महिला, अस्पताल लैजाने भन्दाभन्दै गुम्यो ज्यान

पूर्णपुष्टि, पुष २२
विगत केही दिनयताबाट तराई भेगमा अत्याधिक चिसो र शीतलहरका कारण सिराहामा कठ्याङ्गिएर एक महिलाको ज्यान गएको छ । बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर जिल्लाका कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीया पल्टी सदाको कठ्याङ्ग्रिएर ज्यान गएको हो ।
घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेकै बेला ज्यान गएको कल्याणपुर–१ का वडाध्यक्ष राजाराम कामतीले बताउनुभयो ।
यसअघि गत मङ्गलबार चिसोका कारण कठ्याङ्ग्रिएर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ निवासी ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ निवासी ६५ वर्षीय देवनारायण ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: