
पुस २ गते ।
शीतलहरले देशको पूर्व पश्चिमका तराईको जनजीवन प्रभावित भएको छ । शितलहरले पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका तराई र मध्ये तराईका जिल्लाहरुको जनजिवन प्रभावित भएको हो ।
बाक्लो हुस्सु र कुहिरोसँगै पानीका थोपा नै झर्न थालेकाले शीतलहरको घोषणा गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अझै एक दुई दिन क्षेत्रमा चिसो बढ्ने सम्भावना रहेको जनाएको छ ।
२४ सै घण्टा तराईका धेरै ठाउँमा बाक्लो हुस्सु र कुहिरो लागि तापक्रम घट्ने भएकाले चिसो बढ्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर सचेत गराएको छ । घाम नलागेपछि चिसो बढ्ने भएकाले चिसोबाट बच्न सबैलाई आग्रह गरेको छ । तराईसँगै पहाड र हिमाली जिल्लामा पनि चिसो बढेको छ ।
