
पूर्णपुष्टि, पुस २ गते ।
“मेरो जनगणना–मेरो सहभागिता” भन्ने नाराका साथ २०७८ मा गरीने १२ औ राष्ट्रीय जनगणनाको तयारी उदयपुरमा थालिएको छ ।
जिल्ला स्तरीय अन्तरक्रिया गोष्ठीको आयोजना गर्दै जिल्ला तथ्याङ्क कार्यालय उदयपुरले तयारी थालेको हो । जिल्लाका आठ स्थानिय तहका जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज र सरोकारवालाहरुलाई बेलैमा तयारीको जानकारी दिदै बुधबार गाईघाटमा कार्यक्रम गरिएको जिल्ला तथ्यांक कार्यालय उदयपुरका प्रमुख शिव नारायण महतोले बताउनुभयो ।
जिल्लाका प्रत्येक नागरीकको गणनाको लागी घरघरमा गणकहरु पुर्याउने, इन्टरनेटको सुवीधा भएका स्थानहरुमा इन्टरनेट बाटै गणना लिईने र इन्टरनेट नभएका स्थानहरुमा हातैले कागजी फारममा फारम भरी गणना सुरु गरिने तयारी रहेको उहाँले बताउनुभयो ।
उदयपुरमा राष्टीय जनगणनका लागी ५ सय भन्दा बढी जनशक्ती परिचालन गरीने जनाईएको छ । जनगणनाले जनसंख्याका साथै सामाजिक, आर्थिक, जातीगत, शिक्षा जस्ता कुराहरुको यर्थाथ तथ्यांक ल्याउने अपेक्षा गरिएको छ । जुन कुराहरु तथ्यगतढंगले आउनु पर्ने जिल्ला समन्वय समिति उदयपुरकाे प्रमुख खड्ग परियारले बताउनु भयाे ।
विगतमा हतार हतार गणनाको कामहरु गर्दा थुप्रै त्रुटीहरु आएकाले यसपटक बेलैमा तयारी गरी कामलाई अगाडी बढाउनु सकारात्मक र सिर्जनात्मक काम रहेको प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले बताउनुभयो ।
१ नं. प्रेदश सांसद कला घलेले जनगणना कार्य चुनौतीपूर्ण रहेकाले सहि तथ्यांक ल्याउन सचेततापूर्वक काम गर्नु सुझाउनुभयो । चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले स्थानीय सरकार आफैले पनि तथ्यांक संकलनको कार्य गरिरहेकाले सहयोगसिद्ध हुने बताउनुभयो ।
सुझाव, सल्लाह संकलनसमेतका लागि भएको कार्यक्रमका सहभागि तथा वक्ताहले विगत जस्तो तथ्यांकको नाममा मिथ्यांक नल्याउनका लागि जनगणना शिक्षालाई प्रभावकारी बनाउनुपर्ने बताए । बेलैमा जनगणना शिक्षा गाउँटोलमा पुर्याउनु पर्ने बताए । सञ्चार माध्यमहरुमा व्यापक पार्दै सबैले आ आप्mनो ठाउँबाट प्रचारप्रसार गर्नुपर्ने बताए ।
फोटो फिचर

