
सोलुखुम्बु, पुस २ गते ।
सोलुखुम्बुको रोक खोलाले बगाएर एक बालिका बेपत्ता भएको छ । सोताङ गाउँपालिका–४ निबासी १३ वर्षीय निर्मला भुजेल बेपत्ता भएको हो ।
भाउजुलाई उपचारको लागि लैजादा बाटोमा पर्ने खोला तर्ने क्रममा मंगलबार विहान करिब १० बजे बालिकालाई खोलाले बगाई बेपत्ता भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय सोताङबाट खटेका प्रहरी टोली र स्थानीयको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
